१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

स्वावलम्बन लघुवित्तको सेयर फुकुवा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरेको छ। गत आसार पाँच गेत कम्पनी रजिष्ट्रारको कार्यालयले बानेस सेयर वितरणमा अन्योल भएको भन्दै पत्राचार गरेपछि नेप्सेले वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको थियो।  

वित्तीय संस्थाले वितरण गरेको २६ प्रतिशत बोनस सेयरमा अन्योल गरेको आरोप लागेपछि नेप्सेले गत फागुन २० गतेदेखि शेयर कारोबार रोक्का गरेको थियो।  

तर, कम्पनी रजिष्ट्रारको कार्यालयले वित्तीय संस्थालाई २६ प्रतिशत बोनस पश्चात चुक्ता पूँजी ७९ करोड २३ लाख ९९ हजार रुपैयाँ कायम गर्न स्वीकृति दिएकोमा भुल भएको भन्दै त्यस निर्णयलाई कार्यान्वयन नगराउन नेप्सेलाई पत्र पठाएपछि बिहीबारदेखी वित्तीय संस्थाको सेयर फुकुवा गरेको जनाइएको छ।  

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त वित्तीय संस्थाले हालसम्म ६१ जिल्लामा सेवा विस्तार गरेको छ।  करिब २ लाख ४९ हजार ६ सय जना सदस्यको करिब नौ अर्ब रुपैयाँ बचत गरेको छ।  

वित्तीय संस्थाले हालसम्म एक सय ४० शाखा कार्यालय मार्फत लघुवित्त सम्वन्धी सेवा प्रदान गर्दै आएको छ भने एक लाख ६८ हजार ५ सय ३९ जना सदस्यको करिब १६ अर्ब रुपैयाँ कर्जा लगानीमा रहेको छ।  

वित्तीय संस्थामा करिब ६ सय ७९ जनाले रोजगारी पाएका छन्।  चालु अवको चैत मसान्तसम्म वित्तीय संस्थाको चुक्ता पूँजी करिब ७९ करोड २३ लाख ९९ हजार रुपैयाँ छ।

 

 

 

प्रकाशित: ११ असार २०७७ १२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App