१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

फेवा बजारले उपभोक्ताका लागि कोरोना बिमा योजना ल्याउने

फेवा बजार डटकम ई–कमर्सले उपभोक्ताको  बिमा गरिदिने भएको छ । हेड अफिस पोखरा र कर्पोरेट अफिस काठमाडौंबाट देशैभर होम डेलिभरीको सेवा दिइरहेको फेवा बजार डटकम ई–कमर्सले फेवाबजारबाट सामान खरिद गर्ने ग्राहकहरुका लागि एक लाखबराबरको निःशुल्क कोरोना बिमा गरिदिने भएको हो । कोरोना बिमा गर्न न्यूनतम ५ हजारको सामान खरिद गर्नुपर्ने फेवा बजार डटकम ई–कमर्सका सञ्चालक तथा कार्यकारी निर्देशक सुजन आचार्यले जानकारी दिए ।

कोरोना बिमाका लागि सगरमाथा इन्स्योरेन्स सम्झौता भइसकेको फेवा बजार डटकमले जनाएको छ । ‘कोरोनाका कारण विश्व नै आक्रान्त छ, ‘उनले भने, ‘यसको रोकथाम र नियन्त्रणसँगै उपचार त गर्नैप¥यो ।   कोरोना लागि हालेमा थप आर्थिक नोक्सानी नहोस् भन्नका लागि हामीले कोरोना बिमा गर्ने व्यवस्था गरेका हौं ।’  सामाजिक उत्तरदायित्व वहनसँगै उपभोक्ताको हितका लागि कोरोना बिमा योजना ल्याइएको उनको  भनाइ छ ।

फेवा बजार डटकम ई–कमर्सले होम डेलिभरी सेवालाई जारी राखेको जनाएको छ । उपभोक्ताकै घरघरमा  अर्डरअनुसारको सामग्री पु¥याइरहेको कार्यकारी निर्देशक आचार्यले जानकारी दिए । उनले काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, दमौली, डुम्रे, बागलुङ, लेखनाथलगायत क्षेत्रका कार्यालयबाट पनि चौविसै घण्टा सेवा निरन्तर दिइरहेको बताए ।

फेवा बजारबाट सामान खरिद गर्न फेवा बजारको एप डाउनलोड गरी सेवा लिन सकिने तथा ई–सेवा र खल्तीबाट भुक्तानी गर्न सकिने उनले जानकारी दिए ।

यसअघि फेवाबजारले  ग्राहकका लागि अफरभित्रको अफरअन्तर्गत एक रुपैयाँमा  चिनी,  इयरफोनलगायत सामग्री  दिँदै आएको थियो ।  फेवाबजार डटकम ई–कमर्समा किस्ताबन्दी (ईएमआई)मार्फत २० हजारदेखि पाँच लाखसम्मका सामग्री खरिद गर्ने सुविधा उपलब्ध छ ।

प्रकाशित: ११ असार २०७७ ११:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App