४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

घर निर्माण गरेका आठ परिवारलाई रकम हस्तान्तरण

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका आठ घर गरिब परिवारलाई जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणका लागि एकमुष्ट तीन लाख पाँच हजार रुपैयाँका दरले रकम प्रदान गरिएको छ। प्रदेश सरकारद्वारा सञ्चालित जनता आवास परियोजनाअन्तर्गत नगरपालिकाका १४ घर गरिब परिवार छनोट गरिएकामा घर निर्माण सम्पन्न गरेका आठ घरपरिवारलाई सोमबार रकम प्रदान गरिएको हो।

प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन कार्यालय ओखलढुङ्गा फिल्ड युनिट खोटाङले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख दीपनारायण रिजालले रकमको चेक हस्तान्तरण गरे। गरिब घरपरिवारलाई रकम हस्तान्तरण कार्यक्रममा नगरस्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, कार्यालय प्रमुख, पत्रकारलगायतको उपस्थिति थियो।  

गरिबीका कारण ओत लाग्ने घर निर्माण गर्न नसकेर छाप्रोमा बस्दै आएका नगरवासी प्रदेश सरकारले उपलब्ध गराएको रकमबाट नयाँ घर निर्माण गर्न पाएपछि हर्षित भएका छन्। घर निर्माण गर्ने पैसा अभावले हामी झुप्रोमा जीवन बिताइरहेका थियौँ, रकम बुझेपछि वडा नम्बर–७ दोर्पाकी कविता राईले भने, सङ्घीयता कार्यान्वयन भएपछि गरिबलाई पनि सरकारले हेर्दोरहेछ भन्ने अनुभूति भएको छ।

दश स्थानीय तह रहेको जिल्लामा उक्त कार्यक्रमअन्तर्गत यस वर्ष १००  घर निर्माण गरिएको फिल्ड युनिट खोटाङका कार्यालय प्रमुख प्रमोद मण्डलले बताए। कार्यालय प्रमुख मण्डलका अनुसार जिल्लामा सबै घर निर्माण सम्पन्न भइसकेकाले केही दिनभित्रै रकम प्रदान गरिने जनाइएको छ।

प्रकाशित: ९ असार २०७७ ०६:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App