८ माघ २०८२ बिहीबार
image/svg+xml
अर्थ

चन्द्रागिरिले ‘उत्पादन र रोजगार’लाई प्राथमिकता दिने

चन्द्रागिरि नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा उत्पादन र रोजगारलाई विशेष प्राथमिकता दिने भएको छ। काठमाडौँ उपत्यकाको प्रमुख नाकामा रहेको चन्द्रागिरिले समृद्ध नगरपालिका निर्माणका लागि वेरोजगार युवालाई उत्पादनसँग जोड्नेगरी बजेट विनियोजन गर्न लागेको हो। नगरपालिकाका प्रमुख घनश्याम गिरीले उत्पादनलाई रोजगारसँग जोड्न आगामी आवको जबेटमा कृषि, पशुपालन, घरेलु तथा साना उद्योग, पर्यटनलाई विशेष प्राथमिकता दिन लागेको जानकारी दिए।  

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण रोजगारी गुमाएका नगरपालिकाका युवालाई स्वदेशमा नै रोजगारी प्रदान गर्न उत्पादन र रोजगारलाई प्राथमिकता दिन लागेका छौँ, उनले भने। नगरप्रमुख गिरीले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको उपचारका लागि स्वास्थ्य क्षेत्रमा नगरपालिकाले बजेटलाई विशेष जोड दिएको बताए।  

वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिले विकास र पूर्वाधारलाई पनि वजेटमा प्राथमिकता दिएको छ। चन्द्रागिरीमा १५ वडा छन्। आगामी आवमा नगरपालिकाभित्र हुने अनियमितता, भ्रष्टाचार, ढिलासुस्तीलाई कम गर्दै सुशासनमा जोड दिने नगरप्रमुख गिरीले बताए। आर्थिक वर्ष २०७६/०७७ मा एक अर्ब ७४ करोड रुपैयाँको वजेट प्रस्तुत गरेको चन्द्रागिरीले आगामी आर्थिक वर्ष २०७७/०७८ मा  एक अर्ब ७० करोड रुपैयाँकाे हाराहारीको वजेट प्रस्तुत गर्दैछ।  

प्रकाशित: ८ असार २०७७ ०७:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App