२० माघ २०८२ मंगलबार
image/svg+xml
अर्थ

सेयर बजार अनिश्चितकालका लागि बन्द

सेयर बजार अनिश्चितकालका लागि बन्द गरिएको  छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शनिबार विज्ञप्तिमार्फत  धितोपत्र बोर्डबाट अर्को निर्देशन प्राप्त नहुँदासम्मका लागि सेयर बजार बन्द हुने बताएको हो ।  

‘नेपाल एटक एक्सचेन्स लिमिटेड सञ्चालक समितिको मिति २०७७\०३\०६ को निर्णयअनुसार धितोपत्र सूचीकरण  तथा कारोबार नियमावली, २०७५ को नियम २१ को अपनियम १ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अर्को निर्देशन प्राप्त नभएसम्मका लागि २०७७\०३\०७ गतेदेखि धितोपत्रको दोस्रो बजारको कारोबार स्थगन गर्ने निर्णय भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

नेप्सेले बोर्डको निर्देशनमा बिहीबारसम्मका लागि सेयर कारोबार बन्द गरेको थियो । लगानीकर्ताले सेयर बजार सुधारका लागि अघि सारेका माग पूरा नभएसम्म सेयर बजार खोल्न नहुने उनीहरुको भनाइ छ । 

नेप्सेकाे सूचना हेर्नुहाेस् :

प्रकाशित: ७ असार २०७७ ०५:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App