८ वैशाख २०८१ शनिबार
अर्थ

सुदूरपश्चिममा ३३ अर्ब ३८ करोडको बजेट

स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकता

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना मन्त्री झपट बोहराले आर्थिक वर्ष २०७७/०७८ का लागि सोमवार प्रदेश सभाको बैठकमा ३३अर्ब ३८ करोड १३ लाख ४८ हजारको बजेट प्रस्तुत गरेका छन् । यो बजेट गत चालु आर्थिक बर्षको भन्दा ५ अर्ब बढी रहेको छ ।

चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख ६० हजार अर्थात ४२.५ प्रतिशत विनियोजन गरिएको छ । यो कूल बजेटको ४२ दशमलव ५ प्रतिशत रहेको छ । यस्तै पूँजीगतर्फ १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो ५० दशमलव २ प्रतिशत रहेको मन्त्री बोहराले बताए । प्रदेश सरकारले अन्तर बित्त व्यवस्थापन अन्तर्गत रु २ अर्व १३ करोड ५० लाख अर्थात् ६ दशमलव ४ प्रतिशत र बित्तिय व्यवस्थातर्फ रु ३० करोड अर्थात शुन्य दशमलव ९ प्रतिशत बिनियोजन गरिएको छ ।

प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै मन्त्री बोहराले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजश्वबाट ६० करोड ७० लाख ३० हजार, नेपाल सरकार राजस्व वाडफाँट भैई प्राप्त हुने अनुमानित रकम ७ अर्व ८७ करोड ३६ लाख, राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगवाट वाँडाफाँड भैई आर्थिक बर्ष २०७६/०७७ मा प्राप्त हुने रोयल्टी वाफत ७ करोड,

नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान ८ अर्ब ७ करोड ६८ लाख र चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम समेतबाट प्राप्त हुने १० अर्व ५९ करोड ३६ लाख ३ हजार, सशर्त अनुदानबाट प्राप्त ४ अर्ब ३९ करोड ३५ लाख, संघिय सरकार सरकारवाट समपुरक अनुदानवाट प्राप्त हुने रु १ अर्व २६ करोड २९ लाख, बिशेष अनुदानवाट प्राप्त हुने अनुमान गरिएको रु ४८ करोड ५० लाख र विकास साझेदारहरुवाट १ करोड ८९ लाख १५ हजार अनुमान गरेको मन्त्री वोहराले भनेका छन् ।

प्रदेशको अर्थतन्त्रमा सुधार भएर ७.८ प्रतिशतको आर्थिक बृद्धीदरको अपेक्षा बजेटमा गरिएको छ ।

बजेटमा श्वास्थ्य,कृषि र पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिएको छ । भने यसैगरी शिक्षा, कोभीड १९ का कारण रोजगार गुमाएर घर फर्केका युवाहरुर्ला स्वरोजगार बनाउने, पर्यटन, उद्योग, जडीबुटी, ऊर्जा, स्वास्थ्य, शिक्षा, स्वरोजगार कार्यक्रम र सामाजिक न्याय स्थापना कार्यक्रमलाई प्राथमिकता दिइएको छ । बजेटमा बिगतका बजेटमा प्रस्तुत भएर कार्यान्वयन नभएका महत्वपुर्ण योजनालाई पनि निरन्तरता दिइएको छ ।

यसैगरि भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालपानी क्षेत्र पर्ने व्यास गाउँपालिकाको सडक सन्जाल लगायतको एकिकृत विकासका लागि ५ करोड बिनियोजन गरिएको छ । प्रदेशभरी २ सय १४ किलोमिटर पक्की सहित  ५ सय २८ किलोमिटर सडक निर्माण गर्न ४ अर्व ७२ करोड बिनियोजन गरिएको छ । भने अगामी बर्षलाई स्वास्थ्य सेवा सुधार वर्षको रुपमा मनाउन बजेटमा उल्लेख्य सुधार गरि ३ अर्ब २६ करोड ६६ लाख बिनियोजन गरिएको उनले बताए ।

यसैगरि कृषी तर्फ विदेशबाट फर्केका युवालाई उत्पादनमुलमा जोड्ने गरि कार्यक्रम, सिँचाई, कृषी उत्पादन पुर्वाधार, माछा,पशुपंक्षी पालन लगायत बिभिन्न कार्यक्रमका लागि बजेट बिनियोजन गरिएको छ । गत वर्षका धेरै कार्यक्रमलाई यो बजेटमा निरन्तरता दिइएको छ ।

प्रकाशित: १ असार २०७७ १५:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App