१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सगुनको सेयर निस्कासन

अमेरिकामा रहेका नेपालीहरुले स्थापना गरेको सामाजिक इकमर्स स्टार्ट अप कम्पनी सगुन (www.sagoon.com) ले विश्वभरबाट लगानी जुटाउन अर्को चरणको सेयर निस्कासन गरेको छ। सगुन (sagoon) मा विश्वभरबाट ५६ लाखभन्दा बढी प्रयोगकर्ता जोडिएका छन्।

अमेरिकी सेयर बजार नियामक धितोपत्र विनिमय आयोग (एसइसी) ले केही समय अघि सगुनको विवरणपत्रलाई विक्रियोग्य तोकेको थियो। सगुनले यस चरणमा 'ग' श्रेणीको साधारण सेयर प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्बसाधारणलाई विक्री गर्ने जनाएको छ। सगुनको सेयरमा विश्वभर रहेका सर्बसाधारणले कम्तिमा ३० कित्ता सेयर (९ सय डलरको) खरिद गर्न सक्नेछन्। कम्पनीले उक्त सेयर सीमित समयका लागि पहिले आवेदन गर्नेले किन्न पाउने गरी निश्कासन गरेको हो।  

सगुनले सन् २०१७ मा यसको पहिलो'रेज ए प्लस' मिनी आइपिओ प्रतिकित्ता २३ डलरका दरले निस्कासन गरेको थियो।  

'हामी विश्वभरीका लगानीकर्ताहरुबाट पाएको सहयोग र विश्वासले उत्साहित र गौरवान्वित भएका छौं। उहाँहरुले सगुनलाई फरक खालको अर्थपूर्ण सामाजिक सम्पर्क माध्यम बनाउन हामीले देखेको सपनालाई विश्वास गर्नु भएको छ। उहाँहरुको सहयोगले सगुनलाई हामीले बालकदेखि वृद्ध अबस्थासम्मका मानिसलाई जोड्ने प्लेटफर्म बनाउन सकेका छौं,'सगुनका संस्थापक गोविन्द गिरीले भने।  

 

 

प्रकाशित: २१ जेष्ठ २०७७ ०६:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App