coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

फलदायी बन्दै बैंकिङ संजाल, हजार शाखा थप

गत साता चन्द्रागिरी नगरपालिका मातातिर्थ बस्दै आएकी दिलकुमारी राईको मोबाइलमा गाँउबाट दुखद खबर आयो।   रातिको खाना खाएर टिभी हर्दै गर्दा गाँउबाट पल्ला घरको काकाको छोराले फोन गरी भाइको निधन भएको खबर सुनाए।  

दुई वर्षअघि बिहे गरेको भाइको खोटाङ जिल्लामा घरमै बसेको अवस्थामा अचानक निधन भयो भन्ने खबरले उनी रातभरी निधाउन सकिनन्।  भन्छिन्, ‘भाइ गुमाएको पीडा त थियो नै लकडाउनले घर बाहिर निस्कन समेत नसक्ने अवस्थामा भोलि बिहान कसरी गाँउ जाने भन्ने चिन्ताले आगोमा घिउ थप्ने काम गर्योक।'  

एक वर्षअघि श्रीमान् कतार गएपछि छोरीसँग काठमाडौं बस्दै आएकी उनले थपिन् लकडाउनका कारण गोजिको पैसा सकिएकाले भोलिपल्ट बैंकसम्म जानु अझ ठूलो चुनौती भएको बताईन्।  

विहान चिनेजानेका एक दुई जनालाई फोन मार्फत खर्चको जोह गर्नै प्रयास असफल भएपछि हिडेरै भएपनि बैंकसम्म जाने निधो गरे।  

‘सडकमा हिँडदा प्रहरीले लठ्ठीले टाउकोमा बजारेको भिडीयो फेसबुकमा नदेखेको पनि होइन् तर, समस्या आएपछि यस्ता कुराको केही पनि डर नलाग्ने रैछ’ उनले भनिन्, ‘बैंकमा खाता भएपनि एटिएम नलिएका कारण नजिकको शाखासम्म जानै पर्नै भयो। सडकमा हिडीरहेका मानिसलाई सोध्दै करिब ४५ मिनेट हिडेर थानकोटस्थित बैंक पुगेपछि चैनको स्वास फेरे।’

बैंकवाट पैसा झिकेर गाँउको दाईको सहयोगमा गाडिको व्यवस्था गरी गाँउ पुगेपछि आपत परेकोवेला घर नजिकै बैंकिङ सेवा पाएपछि उनले खुसी हुँदै सबै बैंकप्रति आभार व्यक्त गरीन्।  

मुलुकमा इन्टरनेटको सूरुवातसँगै बैंक तथा वित्तीय संस्थाको संञ्जाल तिव्र गतिले बढेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) किरणकुमार श्रेष्ठले बताए।  

लामोसमय सरकारी बैंकले मुलुकको एकलौटि रुपले बैंकिङ् क्षेत्रमा काम गरे तर, विस् २०४१ मा निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थालाई अनुमती दिएपछि पचासको दशकपछि बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय तीव्र रुपमा बढेको उनले बताए।  

कृषि विकास बैंक सञ्चालन भएपछि ‘३० हजार ग्राहकको बैंक कृषि विकास बैंक’ भन्ने नारा लिएको बताउँदै उनले पचासको दशकपछि बैंक तथा वित्तीय संस्थाले आक्रामक रुपमा शाखा कार्यालय विस्तार तथा सेवाको गुणस्तरमा विकास गरेको उनले बताए।  

मुलुकले इन्टरनेटको पहुँचमा फड्को मारसँगै बैंक तथा वित्तीय संस्थाको पहुँचमा वृद्धि भएको उनले बताए। इन्टरनेटको पहुँच भएका क्षेत्रमा शाखा कार्यालयको रिपोर्ट अनलाईवाट हेर्न सकिने भएकाले बैंक वित्तीय संस्थाका शाखा कार्यालय विस्तारका लागि बैंकहरुविच प्रतिपर्धा नै हुने गरेको उनले बताए।  

‘घर नजिकै सेवा पाउँदा ग्राहकको समय बचत हुन्छ’ उनले भने,‘बैंकहरु अब रहेक स्थानीयतह मात्र नभई प्रत्येक वडा कार्यालयमा पुग्नुपर्छ।’

बैंकले दुई सय ४० शाखा कार्यालयमार्फत बैंकिङ् सेवा प्रदान गर्दै आएकोमा लकडाउनको अवधीमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा १५ शाखा कार्यालय सञ्चालनमा रहेको बताए।  

लकडाउनपछि थप २० शाखा कार्यालय विस्तार गरिने बैंकको योजना छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ०७६/०७७ को नौ महिनाको अवधीमा करिब एक हजार ६ शाखा कार्यालय सञ्चालन भएको जानकारी दिएको छ।  

गत आर्थिक वर्षको असार मसान्तसम्म ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक, ‘ग’ वर्गका वित्त कम्पनी, ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था र पूर्वाधार विकास बैंकका आठ हजार ६ सय ८६ शाखा कार्यालय रहेकोमा चालु अवाको चैत मसान्तसम्म उक्त संख्या बढेर नौ हजार ६ सय ९२ पुगेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए।  

राष्ट्र बैंकले बैंकिङ् पहुँच नपुगेको क्षेत्रमा गई काम गर्नै बैंक तथा वित्तीय संस्थालाई थप सेवा सुविधा दिने घोषणा गरेकाले लकडाउनपछि मुलुकका सबै स्थानिय तहमा बैंकिङ् सेवा पुग्ने जानकारी दिए।  

हालुसम्म सात सय ५३ स्थानिय तहमध्ये सात सय ४६ मा बैंकिङ् पहुँच पुगेको उनले बताए। राष्ट्र बैंकका अनुसार चालु आवको नौ महिनाको अवधीमा वाणिज्य बैंकले ६ सय ३३ शाखा कार्यालय सञ्चालन गरेका छन्।  

तर, बैंक तथा वित्तीय संस्था गाभिने क्रमसँगै सो अवधीमा विकास बैंकका ५१ शाखा कार्यालय घटेका छन्। गत आवको असार मसान्तसम्म एक हजार दुई सय ६७ वटा शाखा कार्यालय रहेका विकास बैंकहरुको चालु आवको चैत मसान्तसम्म शाखा कार्यालयको संख्या एक हजार दुई सय १६ मा झरेको हो।  

त्यसैगरी, सो अवधीमा वित्त कम्पनीका ३४ शाखा कार्यालय थप भएका छन् भने लघुवित्त वित्तीय संस्थाका कम्पनीका तीन सय ९० शाखा कार्यालय थपिएका छन्। पूर्वाधार विकास बैंकले हालसम्म शाखा कार्यालय सञ्चालनमा ल्याएको छैन्।  

 

प्रकाशित: ६ जेष्ठ २०७७ १३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App