८ वैशाख २०८१ शनिबार
अर्थ

२०७५/७६ मा अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब

काठमाडौं – चालु आर्थिक वर्ष ०७५/७६ मा नेपालको अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब पुग्ने अनुमान गरिएको छ।

गएको आवमा नेपालको कुल गार्हस्थ्य उत्पादन(जीडीपी) ३० खर्ब ३१ अर्ब पुगेको छ । गत वर्ष तथ्यांक सार्वजनिक गर्दा विभागले ३० खर्ब सात अर्ब  रुपैयाँ रहेको तथ्यांक सार्वजनिक गरेको थियो। केन्द्रीय तथ्यांक विभागले शुक्रबार राष्ट्रिय लेखा सार्वजनिक गर्दै गएको आवको भन्दा यस आवमा नेपालको जीडीपी चार खर्ब ३३ अर्बले बढेको देखाएको छ।

प्राथमिक क्षेत्र (कृषि तथा वन, मत्स्य र खानी तथाद उत्खनन))को योगदान २७.५९ प्रतिशत, द्वितीय (उद्योग, निर्माण, विद्युत) क्षेत्रको योगदान  १४.६ प्रतिशत र सेवा क्षेत्र (थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुराँ, यातायात संचार तथा भण्डारण, वित्तीय मध्यस्थता। रियल स्टेलगायत) को योगदान ५७.८१ प्रतिशत रहेको छ।

कुल जीडीपीमा सेवा क्षेत्रको योगदान बढ्दो अवस्थामा रहेको छ। जीडीपीमा यसको हिस्सा सबैभन्दा बढी छ। समग्रमा चालु आवमा द्वितीय क्षेत्रको योगदान थोरैले माथि उक्लिएको छ भने कृषि क्षेत्रको योगदान घटेको छ।

गएको आवमा कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्रको योगदान २८.६७ प्रतिशत, द्वितीय क्षेत्रको योगदान १४.३१ प्रतिशत र तृतीय क्षेत्रको योगदान ५७.०१ प्रतिशत रहेको थिया

मौसमी अनुकूलताको कारण कृषि उत्पादनमा वृद्धि भएको छ भने ऊर्जा क्षेत्रको विस्तार, पुनर्निर्माण तथा अन्य निर्माण कार्यमा आएको तिव्रता, औद्योगिक क्षेत्रमा भएको उत्पादन वृद्धिले द्वितीय क्षेत्रको योगदानसमेत बढेको छ।

स्वदेशी वस्तुको उत्पादनमा भएको वृद्धि तथा बढ्दो आयातले सेवा क्षेत्रको उत्पादन बढेको हो। यसका साथै अन्य व्यवसायले पनि विस्तारै प्रगति गरिरहेका छन् भने शिक्षा स्वास्थ्य क्षेत्रले समेत प्रगति गरेको छ ।

प्रकाशित: १३ वैशाख २०७६ ११:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App