काठमाडौं – नेपालमा डाट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले चाडवाडको अवसरमा ‘फेस्टिभ हटडिल’ योजना ल्याएको छ । यो योजनानाडा अटो सोदेखि नै लागू हुने कम्पनीले जनाएको छ।
यस योजनाअन्तर्गत ग्राहकले डाट्सन गाडीको खरिदमा विशेष छुट लगायत अन्य थुप्रै सुविधा प्राप्त गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ । १ लाख ६ हजारसम्मको निःशुल्क एसेसरिज, २ लाखसम्मको नगद छुटसमेत गरी ३ लाख ६६ हजारसम्मको लाभ लिन सक्ने कम्पनीले जनाएको छ।
नाडा अटो सोको अवसरमा बुकिङ गर्ने ग्राहकले २७ हजार बराबरको स्मार्टफोन पनि प्राप्त गर्न सक्नेछन् । गाडी खरिदमा न्यूनतम ८ हजार ४ सय १ रुपैयाँ मासिक किस्ताबन्दी योजनासमेत रहेको विज्ञप्तिमा छ।
योजनाअन्तर्गत डाट्सन गाडी खरिद गर्ने ग्राहकले डाट्सन रेडी गोमा अधिकतम २ लाख ७८ हजार २ सय, डाट्सन गोमा अधिकतम ३ लाख ३५ हजार र र डाट्सन गो प्लसमा अधिकतम ३ लाख ६६ हजार ८ सयसम्मको लाभ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
प्रकाशित: २६ भाद्र २०७५ ०६:३३ मंगलबार