३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

फुडमाण्डूका विजेतालाई पुरस्कार

काठमाडौं – खाना डेलिभरी कम्पनी फुडमाण्डूले आयोजना गरेको चियर योर टिम योजनाको नतिजा सार्वजनिक गरेको छ।

विश्वकप खेलप्रमीहरुलाई लक्षित गरी खानामा विभिन्न आकर्षक अफर, विशेष छुट र हरेक अर्डरसँगै खेलको नतिजा अनुमान गर्ने व्यवस्था गरिएको थियो। 

यस प्रतियोगितामा १४० अंक सहित काठमाडौं निवासी शेखर शर्माले सामसङको ४३ इन्च फुल एचडी स्मार्ट टिभी जितेको कम्पनीले जनाएको छ। 

फुडमाण्डूको नक्सालस्थित कार्यालयमा फुडमाण्डूका सिइओ मनोहर अधिकारी र सामसङ नेपालका आलोक गुप्ताले विजेता शर्मालाई पुरस्कार वितरण गरेको जारी विज्ञप्तिमा उल्लेख छ। 

 

प्रकाशित: ३० श्रावण २०७५ ०४:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App