१६ चैत्र २०८० शुक्रबार
अर्थ

कृषि यान्त्रीकरण केन्द्र सञ्चालनमा ल्याउने तयारी

बायोमेट्रिक मल प्रयोग गरी अर्गानिक धान उत्पादन सुरूवात गर्दै कृषि मन्त्रालयका सचिव युवकध्वज जिसीलगायत । तस्बिर : नागरिक

विराटनगर - सरकारले सातवटै प्रदेशमा साना किसानका लागि कृषि यान्त्रीकरण केन्द्र (कस्टम हायरिङ सेन्टर) स्थापना गर्ने तयारी गरेको छ ।

साना किसानलाई कृषि यन्त्रको प्रयोगमा प्रोत्साहन गर्न, उत्पादन लागत घटाउन र युवाहरूलाई कृषिक्षेत्रमा आकर्षित गर्न कस्टम हायरिङ सेन्टर स्थापना गर्न लागिएको कृषि मन्त्रालयका सचिव डा युवक ध्वज जीसीले बताए।

जिसीका अनुसार सरकारले ठूला कृषि यन्त्रहरू आयात गरी सातै प्रदेशमा स्थापना भएका कस्टम हायरिङ सेन्टरमार्फत गाउ“पालिका तथा नगरपालिकामा यस्ता यन्त्रहरू उपलब्ध गराउने छ । गाउ“पालिकाका विभिन्न स्थानमा कृषि यन्त्रहरू राखेर सहकारी वा नीजि क्षेत्रलाई सञ्चालन गर्न दिने सरकारको योजना रहेको छ । यसरी सहुलियत वा अनुदानमा पाएका कृषि यन्त्रहरू न्यूनतम शुल्कमा किसानलाई उपलब्ध गराउने व्यवस्था गर्ने तयारी भइरहेको जिसीले जानकारी दिए । यसरी गाउँघरमै कृषि उपकरणहरू उपलब्ध भए किसानले कृषिमा झेल्दै आएका समस्या समाधान हुने जिसीको दाबी छ ।

उनले भने, ‘कृषि यन्त्रले नै न्यून मूल्यमा खेत जोत्ने, धान रोपाइँ गर्ने, गोड्ने, काट्ने र दाउनीसमेत गरेपछि किसानलाई मरिहत्य गरेर खेतीमा लाग्नु पर्दैन ।’ हाल जग्गा टुक्रिँदै जाने, अत्याधिक लागत र न्यून नाफाले कृषि पेसामा रुचि घट्दै जा“दा पाँच वर्षमा कृषिमा आत्मनिर्भर हुने सरकारको लक्ष्य पूरा नहुने भएकाले मन्त्रालयले कस्टम हायरिङ सेन्टरको अवधारणा ल्याउन लागेको जिसीले बताए । यतिमात्रै हैन सामान आयात गर्दा एलसी अनिवार्य गर्ने नीति सरकारले लिएपछि साना किसानले कृषि यन्त्र आयात गर्ने अवस्था अन्त्य भएको छ । सरकारको नीतिमा किसानले कृषि औजार तथा पार्टपुर्जा आयात गरे एक प्रतिशत भन्सार, व्यापारीले आयात गरे ३८ देखि ४० प्रतिशत भन्सार लिने व्यवस्था छ ।

‘एकातिर कृषि औजार आयातमा भन्सार सहुलियत छ,’ उनले भने, ‘अर्कोतिर सहुलियतमा आयात गर्ने बाटो अवरुद्ध भएको छ ।’ यस्तो अवस्थामा कस्टम हायरिङ सेन्टरको स्थापनाले नै किसानलाई राहत दिन सक्ने सचिव जिसीले बताए । जिसीले संघीय मन्त्रालयले नीतिगत व्यवस्था मात्रै गर्ने बजेट प्रदेश र स्थानीय सरकारस“ग रहेकाले केन्द्रले ल्याएको नीति कार्यान्वयनका लािग स्थानीय सरकारलाई झक्झक्याउन किसानलाई आग्रह पनि गरे ।

शनिबार सुनसरीको झुम्कास्थित राष्ट्रिय बिउविजन कम्पनीको बिउ उत्पादन फर्ममा बायोमेट्रिक मल प्रयोगको शुभारम्भ गर्दै जिसीले कम्पोस्ट वा बायोमेट्रिक मल तत्कालका लागि मह“गो जस्तो देखिए पनि भविश्यमा सस्तो सावित हुने बताए ।

प्रांगारिक मलले धेरै वर्षसम्म माटोको उर्वर शक्ति जोगाउने भएकाले पहिलो वर्ष धेरै चाहिए पनि दोस्रो वर्षदेखि घटाउँदै लग्दा हुन्छ । यता रासायनिक मलको प्रयोगले माटो बिगार्ने र हरेक वर्ष मलको मात्रा बढाउ“दै लैजानु पर्ने भएकाले तत्काललाई सस्तो भएपनि भविश्यमा महँगो सावित हुन्छ । उनले रासायनिक मलभन्दा गाउ“घरमा उपलब्ध हुने स्रोतबाट कम्पोस्ट मल उत्पादन गरी खेती गर्नु उपयुक्त हुने धारणा राखे ।बायोमेट्रिक मल उत्पादन गर्दै आएका मोरङका अन्नपूर्ण फिड फर्टिलाइजर, बागमती फर्टिलाइजर तथा काठमाडौंको आइएम एडिसीले उत्पादन गरेका बायोमेट्रिक मलको राष्ट्रिय बिउविजन कम्पनीले झुम्कास्थित फर्ममा परीक्षण गरेको थियो ।

झुम्कास्थित फर्मको १५ कट्ठा जग्गामा पहिलोपटक बायोमेट्रिक मल प्रयोग गरी धान रोपाइँ गरिएको हो । कार्यक्रममा बागमती फर्टिलाइजरका सागरमल खेतानले बायोमेट्रिक मलले माटोको उर्वरा शक्ती बढाउन मद्दत गर्ने बताए । त्यस्तै अन्नपूर्ण किसान फिड फर्टिलाइजरका प्रतिनिधि गोविन्द पोखरेलले रासायनिक मलको साटो ब्याक्टेरिया प्रयोग गरी बनाइएको बायोमेट्रिक मल खेतबारीका लागि उपयुक्त रहेको धारणा राखे ।

क्षेत्रीय माटो परीक्षण प्रयोगशाला झुम्काका प्रमुख नाथुप्रसाद चौधरीले कम्पोस्ट मलको विकल्प नभएको बताए । उनले सबैभन्दा बढी उर्वरा शक्ति भएको झापा, मोरङ र सुनसरीकै पनि ७५ प्रतिशत माटो अम्लीय भएको माटो परीक्षणका क्रममा पाइएको जानकारी दिए । अम्लीयपन ज्यादा भएको माटोमा उत्पादन कम हुने र त्यस्तो माटो इँटा बनाउन मात्रै उपयुक्त हुने उनको धारणा छ । चौधरीले झारपात कुहाएर वा गाइबस्तुको गोबरबाट बनेको कम्पोस्ट मलको प्रयोग बढाई माटोको उर्वरा शक्ति फर्काउन किसानलाई सुझाव दिए ।


 

प्रकाशित: १८ असार २०७५ ०२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App