११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

महालक्ष्मीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री

काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडको सातदोबाटो शाखाले ललितपुर जिल्लास्थित फ्रेस नेपालका विद्यार्थीलाई शैक्षिक तथा फर्निचर सामग्री वितरण गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुःखी, पिछडिएका, आर्थिक स्थिति कमजोर भएका बालबालिकाको आधारभूत आवश्यकता लगायत ती बालबालिकाको शिक्षा, स्वास्थ्य आदिको सम्बद्र्धनका निम्ति स्थापित फ्रेस नेपालका विद्यार्थीलाई ३० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री तथा फर्निचर वितरण गरेको बैंकले जनाएको छ।

शैक्षिक सत्र सुरु भएलगत्तै गुणस्तरीय शिक्षाको निमित्त शैक्षिक सामग्री आवश्यक पर्ने तथ्यलाई मनन् गर्दै बैंकले सो सहयोग गरेको जनाएको छ । बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रम गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
 

प्रकाशित: २९ जेष्ठ २०७५ ०१:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App