काठमाडौं– युनाइटेड सिमेन्ट्सले धुनिवेशी नगरपालिकाका विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
केएल दुगड गु्रपअन्तर्गतको कम्पनीले उक्त नगरपालिकामा शिक्षाको महत्व दर्शाउने र अभिभावकलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ शैक्षिक सामग्री वितरण गरिएको जानकारी दिएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा विभिन्न कार्य गर्दै आइरहेको जनाएको छ । गत वर्ष कम्पनीले सो क्षेत्रमा एम्बुलेन्स वितरण गरेको थियो ।
प्रकाशित: ३१ वैशाख २०७५ ०१:०८ सोमबार