कृषकहरुलाई प्रोत्साहीत गरी व्यवसायिक खेतीलाई बढावा दिन कपिलवस्तु नगरपालिका नगरपालिका वडा नम्बर २ ले १ सय ४३ कृषकहरुलाई ईलेक्ट्रिक स्प्रेयर ट्यांकी उपलब्ध गराएको छ ।
सहकारी, कृषि र व्यक्तिगत रुपमा कृषि क्षेत्रलाई बढवा दिन उनीहरुलाई स्प्रेयर उपलब्ध गराइएको हो । कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेल, र वडाध्यक्ष अशोककुमार गुप्ताले कृषकहरुलाई सो स्प्रेयर हस्तान्तरण गरेका थिए । मेयर पौडेलले व्यवसायिक कृषि क्षेत्रतर्फ कृषकहरुलाई उन्मुख गर्न नगरपालिकाले बिभिन्न कृषि सामग्री उपलब्ध गराइएको बताए ।
कृषकहरुको समस्या समाधान गर्ने गरी काम अघि बढाउने बताउँदै उनले मलखाद बिउ बिजन, सिँचाइ लगायतका सामग्रीहरु सहजरुमपा उपलब्ध गराउन आफू लागी परेको बताए । वडाध्यक्ष गुप्ताले आफनो वडाले कृषकहरुलाई प्राथमिकतामा राखेको बताए ।
सप्रेयरमा किट, रोग र झारपात नाशक बिषादी तथा भिटामिन समेत राखेर बोट बिरुवामा छर्न सकिन्छ । स्प्रेयर टु ईन वान रहेको छ । ब्याट्री र हात दुबैले चल्ने र गन समेत जडित छ । स्प्रेयर १६ लिटर क्षमताको छ । स्प्रेयर पाए पछि कृषकहरु खुशी बनेका छन । उनीहरुले आफुले यसको भरपुर सदुपयोग गर्ने बताए ।
प्रकाशित: २८ जेष्ठ २०८२ १२:४३ बुधबार





-600x400.jpg)