१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

डोल्पामा महिला उद्यमी संघको तदर्थ समिति गठन

महिला उद्यमी महासंघ नेपालको आयोजना र चिनियाँ राजदूतावासको सहयोगमा डोल्पामा महिला उद्यमी संघको तदर्थ समिति गठन भएको छ।

मंगलबार महासंघकी केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको प्रमुख आतिथ्यमा भएको थियाे। कार्यक्रममा मनुकुमारी बोहराको नेतृत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको हो। 

कार्यक्रममा ठूली भेरी नगरपालिकाकी उपप्रमुख छिरिङ टोल्मा महत विशेष अतिथिका रूपमा उपस्थित थिइन्। महासंघकी तृतीय उपाध्यक्ष तथा जिल्ला विस्तार र सञ्जाल समितिकी संयोजक बासन्ती प्रधान, भेरी नगरपालिका–३ का कार्यवाहक अध्यक्ष भक्तबहादुर भण्डारी र कर्णाली प्रदेश प्रतिनिधि शिला नेपाली पनि अतिथिका रूपमा सहभागी थिए। नवगठित समितिलाई सुशासन र नेतृत्व विकाससम्बन्धी तालिम पनि प्रदान गरिएको थियो।

प्रकाशित: २१ जेष्ठ २०८२ ०८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App