मुलुक उत्पादित खाद्यवस्तुले अपुग भएर विदेशबाट चामल आयात भइरहेको अवस्थामा सरकारले धान उत्पादन बढाउने रणनीति लिएको छ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट भाषणमा दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुने गरी उत्पादन वृद्धिका कार्यक्रम ल्याएको बताएका छन् ।
तराईका २२ जिल्लामा चैते धानको उत्पादन वृद्धिका लागि ३३ करोड रुपैयाँ लगानी गरी चामलमा आत्मनिर्भर हुने कार्यक्रम ल्याएको बताए । १२ लाख टन धान उत्पादन वृद्धि गर्ने सरकारको लक्ष्य रहेको छ ।
प्रकाशित: १५ जेष्ठ २०८२ १५:५४ बिहीबार





