१ माघ २०८२ बिहीबार
image/svg+xml
अर्थ

नस्ल सुधारका लागि ८ लाख ५० हजार कृत्रिम गर्भाधान गराइने

सरकारले नस्ल सुधारका लागि ८ लाख ५० हजार कृतिम गर्भाधान गराउने भएको छ।

बिहीबार (आज) आव २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्ण पौडेलले यसबारे जानकारी गराएका हुन्।

'नस्ल सुधारका कार्यक्रममार्फत ८ लाख ५० हजार कृतिम गर्भाधान गराई पशुपालनको वृद्धि गराइनेछ,' उनले भने।

यस्तै पशुपंक्षीमा लाग्ने रोग तथा महामारी नियन्त्रणका लागि ५ करोड ५० लाख डोज खोज उत्पादन गराइने भएको छ।

त्यसका लागि ८५ करोड विनियोजन गरिएको उनले बताए।

प्रकाशित: १५ जेष्ठ २०८२ १५:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App