अर्थविद एवं पूर्व सचिव रामेश्वर खनालले सूचना प्रविधिको सम्भावनाबारे सरकारले नबुझेको बताएका छन्। बुधबार नागरिक फ्रन्टलाइन संवादमा कुराकानी गर्दै अर्थविद् खनालले सरकारले नबुझे पनि युवाहरुले आफ्नै किसिमले काम गरिहेको बताए।
‘आइटी क्षेत्रको सम्भावनाबारे सरकारले बुझेन, व्यक्तिहरुले बुझे,’ अर्थविद् खनालले भने, ‘कतिपय युवाहरुले नदेखिने गरी कहीँ समातिन्छ कि, कतै सरकारले अप्ठेरो गर्छ कि भनेर नदेखिने गरी काम गरिरहेका छन्।’
कांग्रेस महामन्त्री गगन थापाले यो बारे बुझेको आफूले पाएको खनालले बताए। उनले भने, ‘जस्तो गगनजीले डाँडाडाँडामा गएर... भन्नुभयो। उहाँले देख्नुभएको रहेछ, तर सरकारले नदेखेको रहेछ।’
गगनकै प्रयासपछि अध्यादेशमार्फत सरकारले केही काम गरेको पनि उनले स्मरण गरे।
प्रकाशित: १४ जेष्ठ २०८२ १९:५१ बुधबार





