११ पुस २०८२ शुक्रबार
image/svg+xml
अर्थ

बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरुको तयारी अन्तिम चरणमा

आर्थिक वर्ष २०८२-८३ को बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरुको तयारी अन्तिम चरणमा पुगेको छ । आर्थिक सर्वेक्षण, संस्थानहरुको प्रगति, मन्त्रालयगत प्रगति विवरणको तयारी अन्तिम चरणमा पुगेको हो ।

त्यसैगरी प्राविधिक सहायता परिचालन सम्बन्धी विवरणको तयारी पनि अन्तिम चरणमा पुगको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।  

बजेट वक्तव्यसहित व्यय अनुमान, आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक लगायतको पनि तयारी जारी छ ।

यसअघि अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२-८३ को बजेट सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गरिसकेको छ । 

संवैधानिक व्यवस्थाअनुसार सरकारले यहीँ बिहीबार आगामी आर्थिक वर्षको बजेट सार्वजिनक गर्नेछ । 

प्रकाशित: १२ जेष्ठ २०८२ १६:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App