२४ माघ २०८२ शनिबार
image/svg+xml
अर्थ

अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताएका छन्।

'हिस्ट्री : मेड इन नेपाल, मेड फर द वर्ल्ड' पोस्टकार्ड सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन्। 'अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ,' उनले फेसबूकमा लेखेका छन्।

उनले बितेको १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको बताएका छन्। 'बितेको १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको छ,' उनले भनेका छन्।

यस अवधिमा दुई खर्ब १८ अर्बको निर्यात भएको पनि उनले बताएका छन्। ओलीको नेतृत्वमा सरकार बनेको १० महिना भयो। 

प्रकाशित: ८ जेष्ठ २०८२ १६:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App