८ असार २०८२ आइतबार
image/svg+xml
अर्थ

काठमाडौं महानगरले माग्यो सीप मेला २०८२ का लागि आवेदन

काठमाडौं महानगरपालिकाले सीप मेला २०८२ का लागि आवेदन माग गरेको छ। जेठ ७ गतेदेखि सुरु हुने मेलामा १० क्षेत्रका ३४ विधामा तालिम सञ्चालन हुने सीप मेला कार्यान्वयन समितिका संयोजक इन्जिनियर शैलेन्द्र झाले बताए।

सरकारी निकाय, गैरसरकारी संस्था, निजी क्षेत्र र दातृ निकायसँग सहकार्य गरेर निःशुल्क तालिम दिने तयारी रहेको झाले बताए। यस वर्ष २०८२ जनालाई निःशुल्क तालिम दिने महानगरको लक्ष्य छ।

महानगरभित्र स्थायी वा अस्थायी रूपमा बस्ने, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र पहिले सडकपेटीमा व्यापार गर्ने व्यक्तिलाई तालिममा प्राथमिकता दिइने महानगरले जनाएको छ। १८ देखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिक तालिममा सहभागी हुन सक्नेछन्।

तालिमका क्षेत्र र विधा
दश क्षेत्रका ३४ विधामा ३० दिनसम्म तालिम सञ्चालन हुनेछ। दैनिक ६ कक्षा गरी १०० घण्टा तालिम दिइनेछ। आइसिटीमा डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अप्टिक्स टेक्निसियन, कृत्रिम बुद्धिमत्ता र यसको प्रयोग गरी ५ विधामा तालिम हुनेछ। विशेष क्षमता सहयोगी सीपमा हाउसकिपिङ र केयर सर्भिस गरी २ विधामा तालिम सञ्चालन हुनेछ। इलेक्ट्रिक्समा ल्यापटप मर्मत, एसी र रेफ्रिजेरेटर, सिसिटिभी मर्मत, मोबाइल मर्मत गरी ४ विधामा तालिम हुनेछ।

गार्मेन्टमा फेब्रिकेटर र आधारभूत फेसन डिजाइनिङ गरी २ विधामा तालिम हुनेछ। निर्माणमा इलेक्ट्रिसियन, प्लम्बिङ, मेसन, वेल्डिङ र काठको काम गरी ५ विधामा तालिम सञ्चालन हुनेछ। आतिथ्यमा बारिस्ता, वेटर, फास्ट फुड र बेकरी गरी ४ विधामा तालिम हुनेछ। अटोमोबाइलमा विद्युतीय सवारी मर्मत, हलुका सवारी उपकरण मर्मत, विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल तथा स्कूटर मर्मत गरी ३ विधामा तालिम हुनेछ। कला र मूर्तिकलामा थाङ्का र टेराकोटा गरी २ विधामा तालिम सञ्चालन हुनेछ। ज्योतिष र पुरोहित तालिम पनि हुनेछ।

कृषिमा फूलको सजावटसम्बन्धी तालिम सञ्चालन हुनेछ। सौन्दर्यमा मेकअप र कपाल, नेल टेक्निसियन, कपाल काट्ने र स्टक मार्केट तालिम पनि हुनेछ। रासस

प्रकाशित: ३ जेष्ठ २०८२ १०:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App