२९ असार २०८३ सोमबार
image/svg+xml
समाज

थेचम्बुको कुटपिट घटना अनुसन्धानका लागि प्रहरीद्वारा टोली गठन

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाका वडा नं २ थेचम्बुमा एक मजदुरमाथि निर्मम ढंगले कुटपिट भएको घटना सामाजिक सञ्जालमा बाहिरिएपछि ताप्लेजुङले अनुसन्धानका लागि टोली गठन गरेको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) उमेश जोशीले सामाजिक सञ्जालमा बाहिरिएको उक्त घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक जटाशंकर यादवको नेतृत्वमा तीन सदस्य समिति गठन गरिएको जानकारी दिए। शनिबार गठन गरिएको अनुसन्धान टोलीलाई घटनाको बारेमा अनुसन्धान गरी विस्तृत प्रतिवेदन पेश गर्न ५ दिनको समय दिइएको ताप्लेजुङ प्रहरीले जनाएको छ।

अनुसन्धान टोलीले दिएको प्रतिवेदनका आधारमा टोलीले दोषी उपर कारबाहीको प्रकृया अघि बढाउने समेत डिएसपी जोशीले जानकारी दिए। कुटपिटबाट पीडित व्यक्ति विकास लामा रहेको प्रहरीले जनाएपनि उनको ठेगानाबारे केही खुलाएको छैन।

शुक्रबारबाट सामाजिक सञ्जालमा सडकमा सुताएर एक व्यक्तिलाई केही समूहले कुटपिट गरेको भिडियो बाहिर आएको थियो।

प्रकाशित: १३ असार २०८३ १२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App