२९ असार २०८३ सोमबार
image/svg+xml
अपराध

बहुमूल्य वस्तु भन्दै ठगी गर्ने ६ जना पक्राउ

सेतो ढुंगाजस्तो टल्किने पदार्थलाई बहुमूल्य वस्तु भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू कास्कीको पोखरा महानगरपालिका-२६, कालीकाचोकबाट पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा पर्वतको फलेवास नगरपालिका-५ का ३५ वर्षीय राजन विक, २७ वर्षीया रोशनी विक र ६९ वर्षीया बाटुली भन्ने खगिसरा कामी रहेका छन्। त्यसैगरी म्याग्दीको मालिका गाउँपालिका-४ का ५१ वर्षीय दिलबहादुर बुढा मगर, म्याग्दीको रघुगंगा गाउँपालिका-५ का २९ वर्षीय दीपक गोतामे र कास्कीको पोखरा महानगरपालिका-२१ का ४५ वर्षीय प्रेमचन्द्र विश्वकर्मालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरू डेरा गरी बस्दै आएका थिए। प्रहरीले उनीहरूको डेरा र शरीर खानतलासी गर्दा सेतो टल्किने क्रिस्टलजस्तो लाम्चो वस्तु एक थान, काठको फोल्डिङ बट्टा एक थान, करिब ६ फिट ५ इन्च लम्बाइको केबलसहितको चार्जर एक थान र ६ थान मोबाइल फोन बरामद गरेको छ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ असार २०८३ १२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App