१८ माघ २०८२ आइतबार
image/svg+xml
अर्थ

काठमाडौं विमानस्थलको रनवेमा क्र्याक, केहीबेर उडान होल्ड

फाइल तस्बिर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन–वेमा ‘क्र्याक’(कालोपत्रे फुटेको) देखिएपछि केहीबेर उडान तथा अवतरण प्रभावित भएका छन्। बिहीबार दिउँसो नियमित चेकजाँचका क्रममा रन–वेमा क्र्याक देखिएको विमानस्थल कार्यालयले जनाएको छ।  

‘हामी दैनिक तीन पटकसम्म रन–वे अनुगमन गरिराख्छौँ। अनुगमनकै क्रममा एक ठाउँमा सानो क्र्याक देखिएको हो,’ विमानस्थल कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाले भने,‘अहिले त्यस्ता समस्या एकैपटक मर्मत हुने प्रणाली छ। तत्कालै मर्मत भइहाल्यो।’ यसो गर्दा पाँच मिनेट जति मात्रै विमानस्थलमा उडान–अवतरण होल्ड भएको उनले दाबी गरे।  

तर, यात्रुहरुले भने सोही कारण एक घण्टाजति ‘डिले’ भएको बताएका छन्।  

यो समस्या धेरै ठुलो नरहेको विमास्थलका महाप्रबन्धक निरौला बताउँछन्। ‘यो निकै व्यस्त विमानस्थल हो। उसै पनि अत्यधिक उडान चाप छ। त्यसैले यस्ता समस्या आइराख्छन्,’ उनले भने।  

अहिले भने विमानस्थल सुचारु भइसकेको छ।  

प्रकाशित: १ जेष्ठ २०८२ १७:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App