coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

ताइवानी व्यापारिक प्रतिनिधिमण्डल नेपाल आउँदै

काठमाडौं– ताइवानिज एक्सटर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नौ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डल नेपाल आउने भएको छ।

ताइवानका प्रतिष्ठित उत्पादक तथा सप्लायर्स सम्मिलित सो प्रतिनिधिमण्डलले यही वैशाख ३० गते आइतबार नेपाली व्यवसायीसँग प्रत्यक्ष भेटघाट गरी व्यापारिक सम्भावनाबारे अन्तक्र्रिया गर्ने बताइएको छ ।उक्त कार्यक्रममा इच्छुक सबै व्यापारी तथा खरिदकर्तालाई स्वागत गरिने आयोजकले जनाएको छ।

उक्त प्रतिनिधिमण्डलसँगको भेटघाट कार्यक्रममा विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स तथा सञ्चार प्रविधिका सामान, पिओएस प्रणाली, सेट९टप बक्स, सौर्य ऊर्जा सामग्री, लिक्विड लेभल कन्ट्रोलर, कृषि औजार, फ्लोरिङ, फर्निसिङ, प्लास्टिक कच्चा पदार्थ, हार्डवेयर सामग्री, औजार आदिबारे छलफल गर्न सकिने जनाइएको छ । प्रतिनिधिमण्डलमा विश्वकै सर्वाधिक प्रसिद्ध प्लास्टिक पदार्थ उत्पादक कम्पनीको समेत सहभागिता छ।

नेपाली व्यवसायीले आफ्नो रुचिको व्यवसाय अनुसार सम्बन्धित ताइवानी व्यवसायीसँग भेटघाट गरी व्यापारिक समझदारी गर्न सक्ने बताइएको छ । यसका निम्ति ९८५११०९१९१ वा ०१६२००५६६ मा फोन गरी प्रतिनिधिमण्डलका सदस्यबारे पूर्वजानकारी लिन तथा अग्रिम रुपमा भेटघाटको चाँजो मिलाउन सकिने बताइएको छ।नेपाली व्यापारी, व्यवसायीका लागि यो भेटघाट तथा अन्तक्र्रिया ताइवानी उत्पादक तथा सप्लायर्ससँग व्यापार विस्तार गर्ने राम्रो अवसर हुने विश्वास आयोजकको छ।

प्रकाशित: १८ वैशाख २०७५ ०१:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App