२३ पुस २०८२ बुधबार
image/svg+xml
अर्थ

दैलेख उद्योग वाणिज्य संघको अध्यक्षमा थापा निर्वाचित

दैलेख उद्योग वाणिज्य संघको दशौं अधिवेशनबाट अध्यक्षमा नरेन्द्रबहादुर थापा निर्वाचित भएका छन्। बिहीबार भएको निर्वाचनमा ३३१ मत प्राप्त गरी थापा निर्वाचित भएको निर्वाचन अधिकृत दैलेख बारका सचिव प्रेम थापाले जानकारी दिएका छन्।

उनका प्रतिद्वन्द्वी राजेशकुमार हमालले २१५ मत पाएका छन्। बिहीबार रातिदेखि थालिएको मतगणनाको अन्तिम परिमाण शुक्रबार विहान घोषणा गरिएको हो।

परिणाम अनुसार बाँकी १६ जना सदस्यहरू पनि अध्यक्ष थापाको प्यानल नै निर्वाचित भएका छन्।

प्रकाशित: २६ वैशाख २०८२ १०:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App