९ पुस २०८२ बुधबार
image/svg+xml
अर्थ

गुणाकर गभर्नर बनाउने चर्चाविरुद्धको रिटः तेस्रो दिन पनि ‘हेर्न नभ्याइने’

डा. गुणाकर भट्टलाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउने हल्लाकै भरमा सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ तेस्रो दिन (मंगलबार) पनि ‘हेर्न नभ्याइने’मा परेको छ। कार्यकारी निर्देशक भट्टलाई गभर्नर नियुक्त गर्न लागेको भन्दै सर्वोच्चमा पुरक निवेदन परेको थियो, जुन अदालत प्रशासनले दर्ता गरेर सुनुवाइमा समेत चढाएको छ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासमा परेको रिट आज पनि ‘हेर्न नभ्याइने’मा परेको हो। इजलासको १७औँ नम्बरमा परेको रिट हेर्न नभ्याइने सूचीमा परेको हो ।

भट्टविरुद्धको रिट आइतबार र सोमबार पनि हेर्न नभ्याइनेमा परेको थियो । आइतबार ३७औँ नम्बरमा, सोमबार १३ औँ नम्बरमा परेको रिट हेर्न नभ्याइनेमा परेको थियो ।

प्रकाशित: ९ वैशाख २०८२ १८:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App