२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ताइवानमा ६.१ म्याग्निच्युडको भूकम्प : चीन, फिलिपिन्स र जापानसम्म धक्का

बुधबार साँझ ५:४७ बजे दक्षिणपूर्वी ताइवानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पबाट कुनै हताहत भने भएको खबर छैन। भूकम्पको धक्का चीन, फिलिपिन्स र जापानसम्म महसुस गरिएको थियो।

केन्द्रीय मौसम प्रशासनका अनुसार भूकम्पको केन्द्रबिन्दु ताइतुङ काउन्टी हलबाट १०.१ किलोमिटर उत्तरमा थियो र यसको गहिराइ ११.९ किलोमिटर थियो।

ताइवानमा भूकम्पको तीव्रता १ देखि ७ को स्केलमा मापन गरिन्छ। ताइतुङ काउन्टीमा ५ रेक्टर स्केलको भूकम्प गएको थियो भने हुआलियन र पिङतुङ काउन्टीमा ४ रेक्टर स्केलको भूकम्प गएको थियो।

भूकम्पबाट भएको क्षतिको बारेमा हाल कुनै जानकारी छैन। राष्ट्रिय अग्नि नियन्त्रक निकायले हाल ताइवानमा कुनै पनि क्षतिको रिपोर्ट नआएको बताएको छ।

ताइवानी चिप निर्माता टीएसएमसीले भूकम्प टापुभरिका आफ्ना कारखानाहरू खाली गर्न आवश्यक पर्ने गरी शक्तिशाली नभएको बताएको छ।

प्रकाशित: ९ पुस २०८२ १६:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App