१७ माघ २०८२ शनिबार
image/svg+xml
अर्थ

२०८२ सालमा पहिलो पटक घट्यो नेप्से, कारोबार रकममा पनि उल्लेख्य गिरावट

बजार परिसूचक नेप्सेमा आइतबार दोहोरो अंकको गिरावट आएको छ । 

नयाँ वर्षमा कारोबार हुने दिन गत मंगलबारदेखि साताको कारोबार हुने अन्तिम दिन बिहीबारसम्म लगातार बढेको नेप्से आइतबार भने १६.६८ अंकले घटेको हो । साताको कारोबार हुने पहिलो दिन आज नेप्से २७०६.०४ अंकमा आइपुगेको छ ।  

बिहीबार १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आइतबार कारोबार रकम २ अर्ब बढीले घटेको छ । आइतबार ३२८ स्टकको ७४ हजार ४५ पटकको कारोबारमा ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजार रुपैयाँबराबरको २ करोड १३ लाख २३ हजार ९६७ कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। आइतबार ५३ कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा १९२ कम्पनीले भने घाटा ब्यहोरेका छन् । एउटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।  

प्रकाशित: ७ वैशाख २०८२ १५:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App