११ पुस २०८२ शुक्रबार
image/svg+xml
अर्थ

जुम्लामा मेडिकल र मासु पसल अनुगमन

जुम्लामा मासु पसल, मेडिकल, एग्राेभेट र दुग्ध डेरीमा छड्के अनुगमन गरिएको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण जुम्लाकाे आयोजनामा छड्के अनुगमन गरिएको हो।

जिल्ला प्रशासन कार्यालय जुम्ला, प्रहरी, जनस्वास्थ्य, जुम्ला, उद्योग वाणिज्य संघ, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय जुम्ला र पशु सेवा कार्यालय जुम्लाकाे पनि सहभागी रहेको थियो। अनुगमनका क्रममा मेडिकल तथा मासु पसल अव्यवस्थित र दायराभन्दा बाहिर सञ्चालन गरेको पाइएको छ। तीन वटा मेडिकल, पाँच वटा मासु पसल, एक एग्राेभेट र एक डेरी अनुगमन गरिएको थियो।

जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रशासकीय अधिकृत मीनबहादुर रावलकाे संयोजकत्वमा अनुगमन गरिएको छ।ओम मनिष पोलिक्लिनिक एण्ड रेफरल सेन्टर, चन्दननाथ ‍औषधि पसल र आँखा उपचार केन्द्रमा अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित सरंक्षण जुम्लाका सहायक कर्मचारी कर्मराज न्याैपानेले बताए।

यस्तै माललाभिड एग्राेभेटमा पनि अनुगमन गरिएको थियो। मासु पसलहरू दर्ता नभएको पाइएको अनुगमन टाेलीले जनाएको छ। अनुगमनका क्रममा कैफियत भेटिएका सबै मेडिकल र पसल एग्राेभेटमा आवश्यकता अनुसार सल्लाह सुझाव दिइएको छ। सल्लाह सुझावलाई कार्यान्वयन गर्न पनि अनुगमन टोलीले निर्देशन गरेको छ।

औषधि खरिद र बिक्रीको अभिलेख नराखेको तथा मेडिकल नवीकरण नगरेको लगायतका समस्या देखिएका छन्।स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७३ अनुसार पोलिक्लिनिक सञ्चालनका लागि जनस्वास्थ्य कार्यालयलाई अधिकार दिइएको भए पनि स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले उक्त अधिकार स्थानीय तहलाई हस्तान्तरण गरेको छ।

गाउँपालिकामा स्वास्थ्य ऐन नबनेको खण्डमा जनस्वास्थ्य कार्यालयमा दर्ता र अनुमति प्रक्रिया लिनुपर्ने हुन्छ। न्याैपानेले भने, 'पोलिक्लिनिक जस्तो संरचना सञ्चालन गर्दा सबै प्रक्रिया र मापदण्ड पूरा गर्नुपर्छ। हचुवाका भरमा पोलिक्लिनिक स्थापना गर्नु जनताको स्वास्थ्यमाथि गम्भीर खेलबाड पनि हो।'

प्रकाशित: ३० चैत्र २०८१ १०:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App