२४ चैत्र २०८१ आइतबार
image/svg+xml १६:१७ अपराह्न
अर्थ

नेप्सेको सिईओ नियुक्ति गर्ने प्रयोजनार्थ तीन सदस्यीय समिति गठन

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिईओ) को रिक्त पदमा खुल्ला प्रतिष्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन भएको छ ।

मन्त्रीस्तरीय निर्णय गराई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले समिति गठन गरेका हुन् । 

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक रहेको समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा  डा. खोमराज खरेल छन् । 

प्रकाशित: ११ फाल्गुन २०८१ १८:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App