१३ माघ २०८१ आइतबार
image/svg+xml
अर्थ

राष्ट्रिय गौरबको खाँदबारी-किमाथाङ्का सडक ‘ब्रेक थ्रु’ हुँदै

राष्ट्रिय गौरबको जोगवनी किमाथाङ्का सडक यही माघ १४ गते सोमबार ‘ब्रेक थ्रु’ गरिने भएको छ। ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हिमालय माबिको शुक्रबार हिरक महोत्सवको उद्घाटन गर्दै माघ १४ गते सोमबार सडक ब्रेक थ्रु गरिने जानकारी दिए। ब्रेक थ्रुपछि खाँदबारी किमाथाङ्का सडक जोडिने छ।

कोशी राजमार्ग अन्तर्गतको खाँदबारी किमाथाङ्का सडक अन्तर्गत च्याम्ताङ्ग घोङघोप्पा खण्डको साढे १० किलोमिटर सडक पूरा भएको मन्त्री खड्काले बताए। नेपाली सेनाले चट्टानी भिर फुटाइसकेको उनले बताए। ब्रेक थ्रुसँगै सडकको स्तर उन्नती र चौडा बनाउने काम गरिने उनले बताए।

यो खण्डमा सेनाले डबल ल्याण्डको १० दशमलब पाँच किलोमिटर सडक निर्माण पूरा गरिसकेको छ। सदरमुकाम खाँदबारीबाट च्याम्तांगसम्मको एक सय ३४ किलोमिटर सडक निर्माण भइसकेको छ। यसअघि नै किमाथाङ्काबाट घोङ्घोप्पासम्म १४ किमी सडकको कच्ची ट्याक खुलिसकेको थियो। खाँदबारी किमाथाङ्का सडकको दूरि एक सय ५८ किलोमिटर रहेको उत्तर दक्षिण कोशी सडक योजनाले जनाएको छ।

प्रकाशित: १२ माघ २०८१ ०६:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App