२३ पुस २०८१ मंगलबार
image/svg+xml
अर्थ

भद्रपुर उडेको बुद्ध एयरको इन्जिनमा समस्या, काठमाडौं डाइभर्ट

फाइल तस्बिर

काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको छ ।

बुद्ध एयरकाे उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो। इन्जिनमा समस्या देखिएपछि जहाजलाई पुनः काठमाडौं डाइभर्ट गरिएको थियो।

विमान ११:१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । प्राविधिक टोलीले विमानको जाँच गरिरहेको समेत कम्पनीले जनाएको छ । यात्रुलाई अर्को विमानबाट भद्रपुर पठाउने तयारी गरिएको छ।

बुद्धको विमान अवतरण गराउने क्रममा विमानस्थलमा केही बेर अन्य उडान समेत रोकिएको थियो। 

प्रकाशित: २२ पुस २०८१ १२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App