१७ पुस २०८१ बुधबार
image/svg+xml
अर्थ

वालिङमा व्यावसायिक केरा खेती, वार्षिक चार लाख मुनाफा

यहाँका एक किसानले केरा खेतीबाट वार्षिक चार लाख मुनाफा आर्जन गरेका छन्। वालिङ नगरपालिका–१ धरमपानीका कृष्णप्रसाद ढुङ्गानाले व्यावसायिक केरा खेतीबाट उक्त रकम आर्जन गरेका हुन्।  

सबै खर्च कटाएर एक वर्षमा चार हजार पाँच सय दर्जन काँचो तथा पाकेका केरा बेच्दा त्यति रकम नाफा भएको उनले बताए। 'मेरा बारीका केरा स्थानीय व्यापारीले बगैचाबाट नै खरिद गर्छन्,' उनले भने। स्थानीय बजारमा केराको माग उच्च भए पनि मागअनुसार आपूर्ति हुन सकेको छैन।

तीन वर्षअघि किसान ढुङ्गानाले व्यावसायिक रूपमा केरा खेती थालेका हुन्। व्यावसायिक रूपमा ड्रागन फ्रुटको खेती गर्न जग्गा सम्म्याउने क्रममा पुरुवा माटोमा केरा राम्रो हुन्छ भन्ने थाहा पाएपछि उनले केरा खेती प्रारम्भ गरेका हुन्। उनको बगैचामा स्थानीय र हाइब्रिड केरा फलेका छन्।

उद्यमी ढुङ्गानाले २० रोपनीमा केरा खेती गर्दै आएका छन्। बगैचामा झापाली मालभोग, चिनी केरा, पुरानो मालभोग, धुस्रे र स्थानीय मुग्रे गरी पाँच प्रजातिका केरा लगाएका छन्। उनले ४० रोपनीमा ड्रागन फ्रुटको खेती पनि गर्दै आएका छन्।

प्रकाशित: १४ पुस २०८१ १२:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App