३१ चैत्र २०८१ आइतबार
image/svg+xml ११:४४ पूर्वाह्न
अर्थ

काम गर्दा सरकारले भुक्तानी गर्छ भन्ने वातावरण बन्नुपर्छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र चलायमान बनाउन सबैले जिम्मेवारी वहन गर्न जरुरी रहेको बताएका छन्। 

शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको १५ औं साधारण सभामा बोल्दै उनले सरकारले नीति ल्याएर मात्रै अर्थतन्त्र चलायमान नबन्ने भन्दै सबै पक्ष जिम्मेवार हिसाबबाट अघि बढ्न सक्नुपर्नेमा जोड दिएका हुन्। 

अध्यक्ष ढकालले अन्तरमन्त्रालय र निकायबीचको समन्वयको अभावले पनि कतिपय समस्याहरू सिर्जना भइरहेको बताए। 

उनले भने, ‘सरकारले पोलिसी ल्याएर मात्रै पनि हुँदैन। हामी सबैले आफ्नो जिम्मेवारी वहन गर्न सक्नुपर्छ। हामी सबै पक्ष एउटा जिम्मेवार हिसाबबाट जान सक्नुपर्छ। छोटो समयमै सुधार गर्न सकिन्छ। हाम्रो मन्त्रालय, मन्त्रालयबीच, मन्त्रालय र विभागबीच, विभाग र मातहतका कार्यालयबीच पनि समन्वय हुन सकेको छैन। यसले कन्फिडेन्स बिल्डप गर्ने कुरामा अवरोध गरेको छ।’ 

काम गरेको भुक्तानी सरकारले गरिदिन्छ भन्ने वातावरण बन्नुपर्ने उनको भनाई छ। अध्यक्ष ढकालले अर्थतन्त्र अहिलेको अवस्थामा पुग्नु विगतमा सरकारले लिएका नीतिहरू रहेको पनि स्पष्ट पारेका छन्। 

प्रकाशित: २९ मंसिर २०८१ १५:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App