८ भाद्र २०८३ सोमबार
image/svg+xml

इलाममा भेटियो अति दुर्लभ चरो चाकासूचक

जिल्लाको माइजोगमाई र सन्दकपुर गाउँपालिकाको सीमा चोयाटार सामुदायिक वनमा चाकासूचक (येल्लो रम्प्ड हन्नीगाइड) फेला परेको हो।

बाजुराको सरकारी टोली पनि बडीमालिका

धार्मिक तथा पर्यटकीय क्षेत्रका धरोहर मानिने बडीमालिकामा पूजा सामग्रीसहित बाजुराको सरकारी टोली प्रस्थान गरेको छ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको आग्रह

यसपटक प्रतिवेदन सार्वजनिक गर्ने विषय प्रतिबद्धतामा मात्र सीमित नराख्न आग्रह गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई थप विलम्ब नगरी प्रतिवेदन सार्वजनिक गर्न आग्रह थापाले आग्रह गरेका छन्।

नानी गरिमालाई सम्झिँदा

यौनिक हिंसाको एउटै कारण हुँदैन। पितृसत्तात्मक सोच, महिलालाई वस्तुका रूपमा हेर्ने संस्कार, लैंगिक असमानता, यौनसम्बन्धी गलत धारणा, बालबालिकाको अपर्याप्त सुरक्षा, नशालु पदार्थको दुरुपयोग, कमजोर पारिवारिक निगरानी र दण्डहीनताको भावनाले जोखिम बढाउन सक्छन्।

स्रष्टा मन्जिला अनिलकाे अगुवाइमा अनेसास नेपाल

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको चौथो महाधिवेशनबाट अध्यक्षमा साहित्यकार मञ्जिला अनिल निर्वाचित भएकी छन्।

सुनको मूल्य तीन हजार २०० ले बढ्यो

सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुन तीन लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन सोमबार तीन हजार २०० रुपैयाँ बढेर प्रतितोला तीन लाख २२ हजार ७०० रुपैयाँ पुगेको छ।

प्रजनन दर प्रतिस्थापन तहभन्दा तल झर्नु अस्वाभाविक

जनसंख्याका विभिन्न सूचकमा पछिल्ला दशकहरूमा देखिएको बदलावको असर देशको राजनीति, सामाजिक, आर्थिक तथा भौगोलिक क्षेत्रमा देखिएको उनीहरूले बताए।

रूसले थप तीन लाख सैनिक परिचालन गर्न सक्छ : जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले यस वर्षको अन्त्यसम्म थप तीन लाख सैनिक परिचालन गर्न सक्ने दाबी गरेका छन्।

मालपोत कार्यालय अगाडि नवजात शिशु फेला, सकुशल उद्धार गरी अस्पताल लगियो

मोरङको विराटनगर महानगरपालिका-७ स्थित मालपोत कार्यालय अगाडि नवजात शिशु फेला परेका छन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान : पदाधिकारी नियुक्तिको निष्पक्षतामाथि आशंका

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बाहेकका पदाधिकारीहरूको नियुक्तिका लागि सार्वजनिक आवेदन फारम गायब पारिएपछि पदाधिकारी नियुक्तिको निष्पक्षतामाथि नै प्रश्न उब्जिएको छ।

नाबालिकाको ह*त्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएकोमा संग्रौलाको आपत्ति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला संग्रौलाले नाबालिकाको हत्या अभियुक्तले प्रहरीसमक्ष दिएको बयानको भिडियो सार्वजनिक भएको प्रति गम्भीर आपत्ति जनाएकी छन्।

दक्षिणपन्थी अतिवादको घेरामा संघीयता

केही वर्षयता विश्व राजनीतिमा दक्षिणपन्थी अतिवाद र उग्रराष्ट्रवादको एउटा नयाँ र शक्तिशाली लहर देखा परिरहेको छ।

मुमारामको प्रश्न : गृहमन्त्री आफैंले हरेक समस्या समाधान गर्ने हो भने राज्यका अरू निकाय किन चाहियो ?

खनालले सामाजिक सञ्जालमार्फत हरेक अपराधको अनुसन्धान र निराकरण गृहमन्त्री स्वयंले गर्ने हो भने सरकारका अन्य निकायको आवश्यकता के रहन्छ भनेर प्रश्न गरेका हुन्।

चन्द्र नहरलाई सम्पदाका रूपमा संरक्षण र प्रवर्द्धन गर्नुपर्छ : मन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले सप्तरीको फत्तेपुरस्थित चन्द्र नहरलाई कृषि उत्पादन बढाउने सिँचाइ पूर्वाधारसँगै नेपालको जलसिँचाइ इतिहासको महत्वपूर्ण सम्पदाका रूपमा संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्