१५ माघ २०८२ बिहीबार
image/svg+xml
अर्थ

सुनको भाउ तोलामै २ हजार रुपैयाँले बढ्दा चाँदीको मूल्य भने स्थिर

सुनको मूल्य आज तोलामै २ हजार रुपैयाँले बढेको छ। नेपाली बजारमा सुन तोलाको १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यसअघि हिजो सुन तोलाको १ लाख ५२ हजार २०० रुपैयाँमा किनबेच भएको थियो। मंगलबार २१०० रुपैयाँले बढेको सुन बुधबार २ हजार रुपैयाँले बढेको हो।

सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने आज स्थिर रहेको छ।

हिजो  १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएकोमा चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।  

प्रकाशित: २६ मंसिर २०८१ ११:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App