सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाबाट उत्पादित १३.५ मेगावाट क्षमताको बिद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ८ मा निर्माण भएको बिद्युत आइतबार बिहानबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले जानकारी दिए।
अन्तिम चेकजाँच तथा निरीक्षणका लागि बिद्युत प्राधिकरणबाट आएको प्राविधिकहरुको टोलीले आयोजनाको बिद्युतगृह रहेको रातेखोलामा अन्तिम परीक्षण गरेसँगै नेपाल बिद्युत् प्राधिकरणको पाँचथर अमरपुरस्थित १३२ केभिए बिद्युत प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
काठमाडौंबाट आएको नेपाल बिद्युत प्राधिकरणको टोलीले सुरुमा अमरपुरस्थित १३२ केभिए बिद्युत प्रसारण लाइन सम्मको अवस्था जाँच गरेको थियो। त्यसपछि ओथामा क्षेत्रमा चेकजाँच गरेपछि टोली आयोजनाको बिद्युतगृह रहेको रातेखोलामा पुगेर अन्तिम जाँच गरेको थियो।
आयोजनाले बिद्युतगृह रहेको रातेखोला देखि ३१ किलोमिटर लामो प्रसारण लाइनमार्फत उक्त बिद्युत अमरपुरस्थित १३२ केभिए बिद्युत प्रसारण लाइनसम्म पु¥याएको थियो। स्नो रिर्भस लिमिटेडले निर्माण गरेको उक्त बिद्युत आयोजना २०७९ मंसिर २५ गतेबाट निर्माण कार्य प्रारम्भ भएको थियो। प्रतिमेगावाट १९ करोड ५० लाख रुपैयाँ लागत अनुमान रहेको सुपर काबेली ‘ए’को कूल लागत झण्डै २ अर्ब ६३ करोड २९ लाख हाराहारी रहेको आयोजनाले जनाएको छ।
प्रकाशित: १६ मंसिर २०८१ १२:५४ आइतबार





