२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेप्सेमा गिरावट जारी, कारोबार ७ अर्ब ९१ करोडभन्दा बढी

मंगलबार घटेर बन्द भएको नेप्से  बुधबार पनि घटेर बन्द भएको छ।

आज नेप्से परिसूचक १४.१२ अंक घटेर २७३४.८३ विन्दुमा पुगेको छ।आज सेन्सेटिभ इण्डेक्स ५.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७२ अंक घटेको छ।

आज नेप्से घटेपनि कारोबार रकम भने सामान्य बढेको छ। मंगलबार ७ अर्ब ८५ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३०८ स्टकको ७७ हजार ८६१ पटकको कारोबारमा ७ अर्ब ९१ करोड १९ लाख रुपैयाँ बराबरको १ करोड ५३ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज सप्तकोशी डेभलपमेन्ट बैंक, श्रृजनशील लघुवित्त वित्तीय संस्था, पोखरा फाइनान्स, मकर जितुमाया सुरी हाइड्रोपावर र समृद्धि फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।  

आज १३ उपसमूहमध्ये४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। 

प्रकाशित: २८ कार्तिक २०८१ १५:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App