२८ कार्तिक २०८१ बुधबार
image/svg+xml
अर्थ

लगातार गिरावटपछि नेप्सेमा आयो हरियाली, कारोबार रकम पनि बढ्यो

लगातार तीन कारोबार  घटेर बन्द भएको नेप्से आइतबार साताको पहिलो कारोबारमा बढेर बन्द भएको छ।

आज नेप्से परिसूचक ६२.५४ अंक बढेर २७३८.०६ विन्दुमा पुगेको छ। त्यसैगरी सेन्सेटिभ इण्डेक्स ९.९१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०९अंक बढेको छ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। आज ३२५ स्टकको १ लाख ६५१ पटकको कारोबारमा ९ अर्ब ७७ करोड ११ लाख २४ हजार रुपैयाँ बराबरको २ करोड २४ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आजको कारोबार रकम झन्डै २ महिना अघिको भन्दा बढी हो। यस अघि गत भदौ ३० गते नेप्सेमा १० अर्ब ३३ करोडको शेयर कारोबार भएको थियो।

आज कारोबार भएका मध्ये  ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज गुराँस लघुवित्त वित्तीय संस्था, सृजनशील लघुवित्त वित्तीय संस्था, सुपर मादी हाइड्रोपावर, बलेफी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबारमा आएका मध्ये आज सानिमा ग्रोथ फण्डको इकाई मूल्य सर्वाधिक ६.७६ प्रतिशत घटेको छ।

प्रकाशित: २५ कार्तिक २०८१ १५:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App