आइसिसी टी-२० विश्वकप क्रिकेटको आफ्नो पहिलो अभ्यास खेलमा यूएईले नेपाल सामु १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
भारत चेन्नईको एमए चिदम्बरम स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १४५ रनको योगफल तयार पारेको हो ।
६६ रन जोड्दा ५ विकेट गुमाएको स्थिति सम्हाल्दै हर्सिद कौशिक र सोएब खानले छैठौं विकेटका लागि ६८ रनको उल्लेख्य साझेदारी गरे । कौशिक ३५ रनमा आउट भए भने खान ३८ रनमा नटआउट रहे ।
यसअघि आर्सन शर्मा २५, क्याप्टेन मोहमद वासिम ६, मोहमद जोएब १९ रनमा आउट भए ।
नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान २ तथा दीपेन्द्र सिंह ऐरीले एक विकेट लिए । यूएईका एक ब्याटर रन आउट भए ।
नेपालले आफ्नो दोस्रो अभ्यास खेलमा बिहिबार क्यानाडासँग खेल्नेछ।
प्रकाशित: २० माघ २०८२ १८:४९ मंगलबार





