सरकारले ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ फिर्ता लिने निर्णय गरेको छ।
मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्मा दर्ता भएको उक्त विधेयक फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले बैठकका निर्णयबारे जानकारी दिँदै उक्त विधेयकलाई थप परिमार्जन र आवश्यक गृहकार्यका लागि फिर्ता लिने निर्णय भएको बताए।
यसैगरी, बैठकले सिंहदरबार परिसरको गुरुयोजना संशोधन गर्ने निर्णय समेत गरेको छ। निर्माणाधीन संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिक निर्माण गर्ने गरी गुरुयोजना परिमार्जन गर्न स्वीकृति दिइएको उनले जानकारी दिए।
प्रकाशित: २० माघ २०८२ १८:१५ मंगलबार





