६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
अर्थ

दिल्लीबाट आएको भारतीय जहाजमा बम रहेको हल्ला, सुरक्षाकर्मी खानतलासी गर्दै

काठमाडौंमा अवतरण भएको भारतको निजी विमान कम्पनी भिस्टारा एयरको जहाजमा बम रहेको हल्ला आएपछि सुरक्षाकर्मीले सर्च अपरेसन गरिरहेको छ।

नयाँ दिल्लीबाट आएको भिस्टाराको जहाजलाई सुरक्षित ग्राउन्ड गरेर नेपाली सेनासहितका सुरक्षा निकायले सर्च अपरेसन गरिरहेको नेपाली सेनाले जनाएको छ।

उक्त जहाज नयाँ दिल्लीबाट दिउँसो ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलममा अवतरण गरेको थियो । जहाजमा कुल १५७ जना यात्रु रहेको विमानस्थल प्रमुख ज्ञानेन्द्र भुलले जानकारी दिए । उनका अनुसार भिस्टाराको सेक्युरिटी संयन्त्रमा भारतीय नम्बरबाट वाट्एपमा एउटा कल आएको थियो । जसमा विमानभित्र बम राखिएको कुरा सुनिएको थियो ।  

त्यसपछि विमानस्थल र नेपाली सेना सहितका सुरक्षाकर्मीले सावधानीपूर्वक सर्च अपरेसन गरिरहेका छन् । विमानलाई विमानस्थलको इमरजेन्सी क्षेत्रमा राखेर विमानमा रहेका सबै १५७ जना यात्रुलाई सुरक्षित झारिसकिएको विमानस्थल प्रमुख भुलले जानकारी दिए ।  

‘अहिले सेनाको बम डिस्पोजल टोलीसहितको सुरक्षाकर्मी टोलीले जहाज स्क्यानिङ गर्ने काम गरिरहेको छ’, उनले भने । विमानस्थलमा अवतरण भएको विमानमा बम रहेको हल्ला भएपनि रन वेमा रहेका विमान उडान र अवतरणको कार्य भने नरोकिएको उनले जानकारी दिए ।  

प्रकाशित: ६ कार्तिक २०८१ १७:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App