३ कार्तिक २०८१ शनिबार
image/svg+xml
अर्थ

छविलाल जोशीलाई थप २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

फाइल तस्बिर

सहकारीको रकम अपचलनको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेको छविलाल जोशीलाई थप २० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले आदेश दिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएकै दिन उनका ‘बिजनेस पार्टनर’ जोशीलाई अदालतले संगठित अपराधमा अनुसन्धान गर्न २० दिनको म्याद दिएको हो।

अदालतले उनलाई असोज १७ गतेदेखि लागू हुने गरी २० दिन म्याद थप गरेको हो।दशैं बिदाका कारण उनको १७ गतेदेखि नै म्याद थप हुन सकेको थिएन।

जोशीलाई प्रहरीले गत असोज ६ गते पक्राउ गरेको थियो।उनीविरुद्ध यसअघि पहिलो पटक ५ दिन र दोस्रो पटक ७ दिन म्याद थप भएको थियो।

प्रकाशित: २ कार्तिक २०८१ १७:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App