९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

पारस बने दीपल इभीको ब्रान्ड एम्बासडर

चांगान नेपालले नेपाली क्रिकेटका परिचित व्यक्तित्व तथा पूर्व कप्तान पारस खड्कालाई दीपल इभीको आधिकारिक ब्रान्ड एम्बासडर घोषणा गरेको छ।  

नेपाल क्रिकेट एसोसिएसन (क्यान)का सचिव समेत रहेका खड्कालाई एक कार्यक्रमबीच दीपल इभीको ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो।  

कार्यक्रममा क्रिकेटर पारस खड्काले दीपल इभीसँग आबद्ध हुन पाउँदा हर्षित भएको बताए। ‘यति धेरै फिचरले भरिएको इभी यति कम मूल्यमा छ, जुन यो सेग्मेन्टमै छैन,’ उनले भने, ‘इनोभेसन र टेक्नोलोजीमार्फत् इभी बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै गरेको दीपलसँग आबद्ध हुन पाउँदा खुसी छु।’

त्यसैगरी पारसलाई दिपल एस०७ को साँचो हस्तान्तरण गर्दै एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले आफ्नो पर्फर्मेन्स र एक्सिलेन्सप्रति प्रतिबद्ध व्यक्तित्वलाई दिपल इभीको ब्रान्ड एम्बेसेडर बनाउन पाउँदा गर्व महसुस गरिरहेको बताए।

केही महिनाअघि सार्वजनिक भएको दीपल एस०७ आफ्नो उत्कृष्ट डिजाइन, अत्याधुनिक प्रविधि र अद्वितीय पर्फर्मेन्सका कारण लोकप्रिय बनेको छ। नेपालमा सार्वजनिक भएयता चांगानले पाँच सयभन्दा बढी युनिट एस०७ डेलिभर गरिसकेको छ।  

यो फ्यचरिस्टिक इभीमा जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्टेलिजेन्ट ड्राइभिंग मोड लगायत १५ भन्दा बढी फस्ट टाइम इन नेपाल फिचरले भरिएको दीपलले नेपाली इभी बजारमा नयाँ मापदण्ड स्थापना गर्न सफल छ।

प्रकाशित: ९ आश्विन २०८१ १६:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App