६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

मैवाखोला गाउँपालिकाले ६५ लाख बढी राजश्व संकलन गर्‍यो

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आर्थिक वर्ष २०८०।८१ मा प्रक्षेपण(अनुमान)को तुलनामा १० लाख रुपैयाँ बढी रकम आन्तरिक आय संकलन गरेको जनाएको छ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार उक्त आवमा पालिकाले ६५ लाख २१ हजार ६ सय ५६ रुपैयाँ आन्तरिक आय संकलन गरेको हो । पालिकाले सो आवका लागि ५५ लाख रुपैयाँ आन्तरिक आय हुने अनुमान गरेको थियो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत गोम्देनका अनुसार वडाहरूमध्ये सबैभन्दा बढी आय वडा नं ३ बाट भएको छ । पालिकाको केन्द्र समेत रहेको वडा नं ३ बाट ५ लाख ६० हजार ७ सय ३२ रुपैयाँ आन्तरिक आय संकलन भएको छ । 

यस्तै वडा नं १ बाट ३ लाख ४२ हजार ३ सय रुपैयाँ,वडा नं २ बाट ३ लाख ७३ हजार २ सय ३० रुपैयाँ,वडा नं ४ बाट ४ लाख २१ हजार ३ सय ८३ रुपैयाँ,वडा नं ५ बाट ३ लाख ८२ हजार २ सय ३० रुपैयाँ र वडा नं ६ बाट ३ लाख ६३ हजार ५ सय ३८ रुपैयाँ आन्तरिक आय संकलन भएको छ ।

 बाँकी गाउँ कार्यपालिकाको कार्यालयबाट संकलन भएको छ । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले अनुमानको तुलनामा बढी आन्तरिक आय संकलन हुनुमा करको दायरामा वृद्धि,पालिकाको राजश्व सुधार योजना,व्यवसाय दर्ता नवीकरणमा प्रोत्साहन,प्राकृतिक स्रोतको दिगो व्यवस्थापनका रणनीति प्रमुख कारण रहेको बताए ।

प्रकाशित: ६ आश्विन २०८१ १६:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App