११ जेष्ठ २०८३ सोमबार
image/svg+xml
अर्थ

उच्च विन्दुमा पुगेको सुनको मूल्य घट्यो

स्थानीय बजारमा मंगलबार सुनको मूल्य  प्रतितोलामा रु छ सयले घटेको छ।

सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा सामान्य गिरावट भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला रु एक लाख ५७ हजार तीन सयमा कारोबार भएकामा सोही परिमाणको पहेँलो धातुको मूल्य आजका लागि रु एक लाख ५६ हजार सात सय निर्धारण भएको छ।

यसैगरी, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ। सोमबार प्रतितोला रु एक हजार नौ सय १५ मा खरिदबिक्री भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय पाँच निर्धारण भएको छ।  

प्रकाशित: १ आश्विन २०८१ ११:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App