१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

१२ सयले घट्यो सुनको मूल्य

स्थानीय बजारमा सुनको मूल्य घटेको छ। गत शुक्रबार प्रतितोला १३ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १२ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५२ हजार १ सय रुपैयाँ कायम भएको छ। 

गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम थियो।  

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य ४५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: २३ भाद्र २०८१ १०:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App