१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आइतबार बस्ने भएको छ।  

सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने सो बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ।

त्यसैगरी, प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक मङ्गलबार बस्ने भएको छ। 

प्रकाशित: २३ भाद्र २०८१ ०७:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App